काठमाडौं । नेपाली कांग्रेसका वर्तमान सभापति एवं सभापतिका उम्मेदवार शेरबहादुर देउवाको टीमबाट डा. प्रकाशशरण महत र प्रदिप पौडेललाई महामन्त्रीको उम्मेदवार अघि सारिएको छ । केही समयअघि मात्र राष्ट्रियसभागृहस्थित मनोनयनस्थल पुगेर उनीहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यक्रम छ । आज साँझ ५ बजेसम्का लागि मनोनयन दर्ताका लागि समय तय गरिएको छ ।