१८ असार २०८१, मंगलबार

प्रधानमन्त्री ओलीले भने, ‘भारतसँगको सम्बन्धमा रहेका भ्रमहरु हटिसक्यो’


oli and modi

२५ चैत, नयाँदिल्ली । तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्धमा रहेका भ्रमहरु हटिसकेको बताएका छन् ।

दुई देशवीच रहेको आपसी सरोकार तथा चासोका सबै विषयमा खुला र स्पष्ट तवरले छलफल भएको र त्यसले सकारात्मक परिणाम निकाल्ने अपेक्षा समेत गरेको छ । भारतीय समकक्षी नरेन्द्र मोदीसँग शुक्रबार साँझ एक्लाएक्लै वार्ता गरेका ओली निकै उत्साहित देखिएका छन् ।

उनले शुक्रबार राति पत्रकारहरुसँग भने, ‘भारतसँगको असमझदारी हटिसकेको छ । अब कुनै असमझदारी बाँकी छैन ।’

ओली र मोदीबीच मोदी निवास लोककल्याणकारी मार्गमा शुक्रबार साँझ करिब डेढ घन्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । मोदीलाई भेटेपछि ओली नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !