१८ असार २०८१, मंगलबार

प्रधानमन्त्री ओलीलाई भारतमा मानार्थ विद्यावारिधि


केपी शर्मा ओली

२५ चैत, काठमाण्डौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज भारतीय राज्य उत्तराखण्ड जाँदैछन् । पन्तनगरमा रहेको जिबी पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा हुने विशेष कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली एयर इन्डियाको विशेष उडानमा जाने छन् । सो विश्वविद्यालय कृषि अनुसन्धानमा प्रतिष्ठित विश्वविद्यालय हो ।

विश्वविद्यालयले प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि प्रदान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । शनिबार प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीसँगको द्वीपक्षीय भेटवार्तामा नेपालको कृषिलाई व्यवसायिकरण गर्न भारतीय प्रविधिको प्रयोग गर्ने विषयमा सहमति भएको थियो ।

आजै उत्तरखण्डका गभर्नर कृष्णकान्त पाउलले प्रधानमन्त्री ओलीको सम्मानमा दिवा भोज आयोजना गरेका छन् । दिवाभोजपछि प्रधानमन्त्री ओली अपरान्ह नयाँदिल्ली फर्कनेछन् । उनी आज साँझ स्वदेश फर्कने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !