२१ बैशाख २०८१, शुक्रबार

राप्रपा उपाध्यक्षमा विक्रम पाण्डे विजयी


विक्रम पाण्डे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । आइतबार आएको मत परिणाम अनुसार पाण्डेले २५२१ मत ल्याएर निर्वाचित भएका हुन् ।

स्रोतका अनुसार उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए । त्यस्तैगरी उपाध्यक्षमै बुद्धिमान तामाङ, ध्रुवबहादुर तामाङ र रोशन कार्की (महिलातर्फ) पनि विजयी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !