७ पुस २०८१, आइतबार

प्रधानन्यायाधीश शुक्रबार डिस्चार्ज हुने, कायममुकायमको विवाद टुंगियो


चोलेन्द्रशम्शेर जबरा

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीशको विवाद टुंगिएको छ । स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार डिस्चार्ज हुने जानकारी गराएपछि तत्काललाई टुंगिएको हो ।

जबरा शुक्रबार डिस्चार्ज हुने भएपछि बिहीबार पेसी नतोकी सर्वोच्चका न्यायाधीशहरू आन्तरिक छलफलमा बसेका हुन् । बिहीबार न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेपछि पेसी तोक्न ढिलाइ भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !