१० मंसिर २०८१, सोमबार

महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइन्छ : प्रवक्ता शर्मा


विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा लोकतान्त्रिक अभ्यास गरिने बताएका छन् ।

बिहीबार बिहान ललितपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता शर्माले कांग्रेसमा नेतृत्वको आलोचना र विरोध गर्न पाइने पनि बताए ।

उनले महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइने र आफ्नो पर्चा र पम्प्लेट वितरण गर्न पाइने बताए । एमालेको १० औं राष्ट्रिय महाधिवेशनप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !