१८ असार २०८१, मंगलबार

प्रधानमन्त्री अोलीलाई भारतको गार्ड अफ अनर प्रदान


kp oli

२४ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशवीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताएका छन् ।

आफ्नो सम्मानमा भारतले दिएको सम्मान गारत (गार्ड अफ अनर) सम्पन्न भएलगत्तै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै अोलीले यस क्षेत्रको गरिबी निवारणमा मिलेर काम गर्नुपर्ने बताए ।

जनताको जीवनस्तर उकास्नका लागि मिलेर काम गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशवीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पुर्‍याउन आफू भारत भ्रमणमा आएको बताए ।

भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ दिइएको हो । प्रधानमन्त्री ओलीलाई उहाँका समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए। सो अवसरमा नेपाल र भारतका राष्ट्रिय धुन बजाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !