१६ आश्विन २०८१, बुधबार

मोदी–ओलीवीचको भेटले नेपाली जनताको पक्षमा परिणाम देखिनुपर्छ : पूर्व राजदुत उपाध्याय


दीपकुमार

२४ चैत, काठमाण्डौ । तीन दिने राजकीय भ्रमणमा भारतको नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच भेटवार्ता सम्पन्न भएको छ ।

औपचारिक कार्यतालिकमा उल्लेख नगरिएको भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । भारतका लागि नेपालका पूर्व राजदुत दिपकुमार उपाध्यायले दुवै प्रधानमन्त्रीवीचमा विश्वासको वातावरण बनेको बताएका छन् ।

“हामीले आशावादी र सकारात्मक हुनुपर्छ । तर परिणामले देखाउनुपर्छ । कुटनीतिक सम्बन्ध भनेको नराम्रो भए पनि राम्रो भन्ने पार्नुपर्छ ।” उनले भने ।

प्रधानमन्त्रीसँगै भारतमा रहेका पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै उपाध्यायले नेपालको समुन्नति नै भारतको स्वार्थ भएको भन्दै नेपाली जनताले अनुभूति गर्न सक्ने गरी सहयोग आदानप्रदान हुनुपर्ने बताए ।

“दुई देशका प्रधानमन्त्रीको हरेक भेट सौहार्दपूर्ण भयो भनेर मात्रै हुँदैन । परिणाम देखिनुपर्छ । एक हातले ताली बज्दैन । दुवै देशले आफ्ना कमी कमजोरी सुधारेर अगाडि बढ्नुपर्छ ।” उपाध्यायले भने ।

नेपाल र भारतबिचको सम्बन्ध दुई सरकारवीचको मात्र नभै जनस्तरको सम्बन्ध भएकाले सम्बन्धको मौलिक महत्व रहेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !