१८ असार २०८१, मंगलबार

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्री ओलीको आग्रह


PM oli

२३ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न भारतका उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ दिल्लीस्थित होटल ताज प्यालेस होटलमा आयोजित कार्यक्रममा भारतीय उद्योगी, व्यापारी तथा लगानीकर्तालाई सम्बोधन गर्दै बोल्दै नेपालमा लगानीका सम्बन्धमा कुनै आशंका नपाल्न आग्रह गरे ।

खुलाबजार अर्थतन्त्र र यसको विश्वब्यापी मान्यताप्रति नेपाल सरकार पूर्ण प्रतिवद्ध रहेको पनि भारतीय लगानीकर्तासामू बताए । ‘खुला बजार अर्थतन्त्र र यसका विश्वव्यापी मान्यता एवं नीतिप्रति प्रतिवद्ध छौं,’ प्रधानमन्त्री ओलीले भने ।

नेपालमा लगानीका लागि आवश्यक संरचना र नीतिगत व्यवस्थाको सुनिश्चितता रहेको दावी प्रधानमन्त्री ओलीले गरे । ‘अन्य मुलुकको तुलनामा हामीसँग आकर्षक सहुलियत छन्,’ उनले भने, ‘कर प्रणालीलाई सरल र यसका दर न्यून छन्, प्रशासनिक प्रक्रिया पनि झन्झटमुक्त छ, खुला बजार व्यवस्था अनुसार श्रम समस्याको पनि उपयुक्त कानूनी व्यवस्था गरिएको छ ।’

प्रधानमन्त्रीकै अध्यक्षतामा गठन भएको अधिकारसम्पन्न लगानी बोर्डमार्फत एकद्वार प्रणालीबाट ठूला लगानीकर्तालाई सहजीकरण गरिएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !