१८ असार २०८१, मंगलबार

ओली दिल्लीमा, गृहमन्त्री राजनाथले गरे स्वागत


oli

२३ चैत, काठमाण्डौ । तीन दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली पुगेका छन् ।

प्रधानमन्त्री ओली सवार नेपाल बायुसेवा निगमको विमान १०.१५ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय गृहमन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार बिहान ९ बजे भारततर्फ प्रस्थान गरेका थिए ।

दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओली पहिलो विदेश भ्रमणमा भारत गएका हुन् ।

भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकटा नायडुसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !