१३ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि दुई देशवीचको सम्बन्धमा नयाँ अध्याय सुरु हुन सक्छ : पूर्व राजदुत रे


ranjit re

२३ चैत, काठमाण्डौ । नेपालका लागि भारतका पूर्व राजदुत रन्जित रेले नेपाल–भारत सम्बन्ध दुई देशवीचको सरकारमा मात्र नभै जनतामा पनि निर्भर हुने बताएका छन् ।

दुई देशवीचका जनतावीच नै प्रगाढ सम्बन्ध स्थापित भएको भन्दै उनले भौगोलिक र सांस्कृतिक सम्बन्ध समुधुर बनाउन दुवै देशका जनताले महत्वपूर्ण भूमिका खलेको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै पूर्व राजदुत रायले नेपालका प्रधानमन्त्री केपी ओलीको पहिलो विदेश भ्रमण भारत हुनु निकै महत्वपूर्ण रहेको बताए ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणले दुई देशवीच भएको अविश्वासको वातावरण हट्ने विश्वास रायले व्यक्त गरे । “भ्रमणपछि दुई देशवीचको सम्बन्धमा नयाँ अध्याय सुरु हुन सक्छ । हुनु पनि पर्छ ।” रायले भने ।

“संसदमा ८० प्रतिशत समर्थन प्राप्त प्रधानमन्त्री ओली शक्तिशाली बनेको अवस्था छ । अब नेपालमा स्थायित्व, स्थिरता र विकासको उद्देश्य पूरा हुने सम्भावना छ । यसका लागि दुई देशवीचको सहकार्य महत्वपूर्ण छ ।”

भारतीय प्रधानमन्त्री नरेन्द मोदी र नेपालका प्रधानमन्त्री ओलीवीचको केमेष्ट्री मिल्ने भन्दै रेले आवश्यकता अनुसार दुई प्रधानमन्त्रीवीच कुरा मिल्नुपर्ने अवस्था रहेको बताए ।

यातायात र उर्जा क्षेत्रको विकासमा नेपाल र भारतवीच सम्झौता हुन सक्ने रेको अनुमान छ । त्यसैगरी पर्यटन क्षेत्रको विकासका लागि पनि भारतले सहयोग गर्नुपर्ने रेको भनाई छ ।

रेलमार्गका लागि पनि दुई देशवीच सम्झौता हुनसक्ने भन्दै रेले नेपालले प्रपोजल पेश गर्नुपर्नेमा जोड दिए । विगतमा भारतीय रेलमन्त्री नेपाल आएर रेल सेवा विस्तारमा सहयोग गर्ने बताए पनि नेपालले प्रपोजल पेश गर्न नसकेको रेको भनाई छ ।

कोशी उच्च बाँध बनेपछि भारतको कलकत्तावाट पानी जहाजसमेत लैजान सकिने रेको दाबी छ ।

नेपाल–भारतवीच हुने गरेको सिमा विवाद ९८ प्रतिशत समाधान भइसकेको दाबी गर्दै रेले कालापानीको विवाद प्राविधिक रुपमा समाधान गर्नुपर्नेमा जोड दिए ।

जुनसुकै छिमेकी देशसँग पनि सामान्य विवाद भइरहनु अनौठो नभएको भन्दै रेले विगत लामो समयदेखि देखिएका विवाद अहिलेको भ्रमणले सुल्झाउन नसक्ने बताए ।

प्रधानमन्त्री ओली र मोदीवीचको भेटका क्रममा विगतमा भएको अविश्वासको वातावरण खतम हुनुपर्ने रेको भनाई छ ।

“ओलीले मलाई भन्नुभएको थियो, नेपालको कोही राष्ट्रवादी भारत विरोधी हुन सक्दैन । नेपाल र भारतवीच वातावरणीय, सांस्कृतिक र भौगोलिक रुपमा बलियो सम्बन्ध छ । अहिले ओलीकै नेतृत्वम यो सम्बन्ध अझै बढ्ने विश्वास छ ।” उनले भने ।

भारतले नेपलाको संविधानलाई स्वागत नगरेको विषय पुरानो कुरा भन्दै रेले अहिले नेपालको सबै समुदायले नै संविधानलाई स्विकार गर्नु सकारात्मक भएको बताए ।

मधेश केन्द्रित दलहरुसमेत सरकारमा सहभागि हुन खोजिरहेको सन्दर्भमा संविधानका विषयमा भएको विवादित मुद्दा अहिले महत्वपूर्ण नरहेको रेले बताए ।

समग्रमा दुई देशबिचको सम्बन्ध पारिवारिक भएको बताउँदै रेले स–साना समस्या भइरहन सक्ने र यसलाई ठूलो समस्याको रुपमा लिन नहुने बताए ।

नेपालमा विभिन्न कालखण्डामा अस्थिरता र अव्यवस्था भएकाले विकास हुन नसकेको भन्दै उनले अबका दिनमा नेपालमा विकास हुने विश्वास व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु