एमाले सचिवमा ५० प्रतिशत नयाँ पुस्ता हुनुपर्ने महेश बस्नेतको दावी Nepalpatra एमाले सचिवमा ५० प्रतिशत नयाँ पुस्ता हुनुपर्ने महेश बस्नेतको दावी
१४ मंसिर २०७८, मंगलबार

एमाले सचिवमा ५० प्रतिशत नयाँ पुस्ता हुनुपर्ने महेश बस्नेतको दावी


महेश बस्नेत फाइल फोटो

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सचिव पदमा नयाँ पुस्तालाई स्थान दिनुपर्ने बताएका छन् ।

आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता बस्नेतले सचिव पदमा कम्तीमा ५० प्रतिशत नयाँ पुस्तालाई स्थान दिनुपर्ने बताएका हुन्।

उनले सचिव पद पदाधिकारीको प्रवेश विन्दु भएको भन्दै नयाँ पुस्तालाई स्थान नदिइए एमाले पुरातन विचार भएको पार्टी बन्ने बताए ।

बस्नेतले सहमति वा निर्वाचन जे भए पनि सचिव पदमा कम्तीमा ५० प्रतिशत युवा पुस्ता आउनुपर्ने बताए । नेता बस्नेतले आफू सचिवको दाबीबाट पछि नहट्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !