१५ बैशाख २०८१, शनिबार

मधेसमा महन्थ ठाकुर र राजेन्द्र महतोमाथि विश्वास रहेनछ : प्रचण्ड


प्रचण्ड फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि आफ्नो पार्टीको पक्षमा लहर आउने बताएका छन् । अध्यक्ष प्रचण्डले सोमबार चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै देशैभरि फेरि माओवादीको पक्षमा लहर आउने बताएका हुन् ।

“प्रदेश २ मा ३२ वटा संघीय सिट छन् त्यहाँ म सर्लाही, महोत्तरी, रौतहट पुगेको थिएँ , माओवादी नै देश जोगाउने पार्टी हो भन्ने लहर देखिएको पाऔँ”, उनले भने, “मधेसीको हक अधिकारको रक्षा मधेसी दलले गर्छन् कि भन्ने लागेको थियो तर त्यो होइन रहेछ ।”

“महन्थ ठाकुर र राजेन्द्र महतोमाथि विश्वास रहेनछ माओवादीमै आश रहेछ । अहिले देशैभरि त्यही परिस्थितिका रिपोर्टहरु छन् । हामी कम्युनिस्ट आन्दोलनको एकताको झण्डा उठाएको हो विभाजनको होइन । एमाले प्रतिक्रान्तिकारी पार्टी हो”, प्रचण्डले भने।

प्रचण्डले महन्थ ठाकुर र राजेन्द्र महतोमाथि मधेसमा विश्वास नरहेको दावी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !