१४ असार २०८१, शुक्रबार

नेपाली कांग्रेसको निर्वाचन क्षेत्र अधिवेशन आज हुँदै


नेपाली कांग्रेस

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेको १४ औं महाधिवेशन अन्तर्गत आज निर्वाचन क्षेत्र अधिवेशन हुँदैछ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका ठाउँमा कांग्रेसले आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्न लागेको हो ।

यसबाट क्षेत्रीय कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । कांग्रेसमा एक प्रतिनिधि सभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा आउने पार्टी विधानमा उल्लेख छ ।

कांग्रेसको १४ जिल्लामा भने यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि महत्त्वपूर्ण मानिने महाधिवेशन प्रतिनिधिका लागि आज निर्वाचन हुन् लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !