काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी कार्यालयबाटै अध्यक्षको उम्मेदवारी घोषणा गर्न चाहे पनि ठाउँ नपाएको भन्दै गुनासो व्यक्त गरेका छन्। उपाध्यक्ष रावलले पार्टी महासचिवले महाधिवेशनका कारण कुनै पनि कक्ष खाली नभएको जानकारी पाएपछि बाहिर पत्रकार सम्मेलन गर्नु परेको बताए ।
उनले आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएपनि लागू नहुँदा सम्झदारीमै व्यवधान हुनसक्ने आशंका कायमै रहेको बताए ।
आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यो सँगै केपी शर्मा ओलीको सर्वसम्मत अध्यक्ष बन्ने सपना अधुरो हुने भएको छ ।