१६ आश्विन २०८१, बुधबार

चुनाव चिन्ह र ‘जनयुद्ध’ बारे निर्णय लिने जिम्मा ओली र दाहाललाई


prachanda_kp_oli

२० चैत, काठमाण्डौ । पार्टी एकताको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच गठन भएका दुई कार्यदलले चुनाव चिन्ह र प्रस्तावनाबारे निर्णय लिने जिम्मेवारी दुई अध्यक्षलाई दिएका छन् ।

कार्यदलले मंगलबार एकता संयोजन समितिलाई प्रतिवेदन बुझाएका थिए। ‘चुनाव चिन्ह र प्रस्तावनामा लेख्ने विषयमा निर्णय लिन कार्यदलले दुई अध्यक्षलाई जिम्मा दिएको छ,’ राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलका सदस्य देवेन्द्र पौडेलले भने, ‘जनयुद्ध वा जनक्रान्ति के लेख्ने भन्नेबारे छलफल भएको छ त्यसको निर्णय अध्यक्ष द्वयले गर्नुहुने छ ।’

मंगलबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदन बुझेका थिए । प्रतिवेदन अध्ययन पछि एकता संयोजन समितिको बैठक बिहीबार बस्ने छ ।

यस्तै कार्यदलले पार्टी एकता बैशाख ९ गते गर्न सुझाव दिएको छ। एकताको मितिबारे पनि एकता संयोजन समितिले अन्तिम निर्णय लिने छ । एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन्। यसैगरी माओवादी केन्द्रवाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् ।

कार्यदलले बुझाएको प्रतिवेदनम समाजवादी कार्यक्रमको रुपरेखा समेत तयार पारिएको छ । इतिहासको समिक्षा सहित बनाइएको प्रतिवेदनमा एकीकृत पार्टीको नीति तथा कार्यक्रमबारे समेत उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगाडि नै दुई पार्टीबीच एकता गर्ने तयारी रहे पनि त्यो सम्भावना टरेको अवस्थामा कार्यदलले प्रतिवदेन बुझाएका हुन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६०/४० को सहकार्य गरेका दुई पार्टीले त्यही बेला निर्वाचन पछि पार्टी एकता गर्ने घोषणा गरेका थिए । प्रदेश सरकार र केन्द्र सरकार र अन्य पदहरुमा पनि दुई पार्टीले भागवण्डा मिलाएका थिए ।

पछिल्लो पटक एमाले र माओवादीबीच ७०/३० अनुपातमा पार्टी एकता गर्ने चर्चा चल्दै आएको छ । यसैवीच ५०/५० अनुपातमा एकता हुनु पर्ने माओवादी अध्यक्ष दाहालको भनाई सार्वजनिक भएछि तरङग छाएको थियो । यो नागरिक न्युजवाट लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !