१८ असार २०८१, मंगलबार

डा. महतले भने, ‘ओलीको भारत भ्रमणबारे समर्थन वा विरोध केही छैन’


prakash

२० चैत, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. प्रकाशसरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बारेमा कांग्रेसको आधिकारिक धारणा आवश्यक नरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता महतले नेपालमा प्रधानमन्त्रीको भारत भ्रमणको अर्को निरन्तरता भएकाले विशेष टिप्पणी गर्न नपर्ने बताए ।

ओलीको भारत भ्रमणबारे समर्थन वा विरोधको कुनै अर्थ नरहेको उनले बताए।

“नेपाल–भारतबिचको सम्बन्ध बहुआयामिक छ । कां्रग्रेसका तर्फबाट पनि प्रधानमन्त्री हुँदा भारत भ्रमण भएकै हो । भ्रमण हुनुपर्छ ।” महतले भने ।

भारत भ्रमणका बेला ओलीले विगतमा भएका सम्झौता कार्यान्वयनलाई जोड दिनुपर्ने महतको सुझाब छ ।

दुई देशबिच गर्नुपर्ने छलफलका विषय सडकबाट जनतातिर फर्केर नभै राजनीतिक तहमा टेबुल गर्नुपर्ने उनको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !