१९ चैत, काठमाण्डौ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दै छ ।
बैठक सोमबार दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक २ बजे बस्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
सोमबारको बैठकवाट पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।
शोक प्रस्तावबाहेकका अन्य कुनै कार्यसूचीमा छलफल नहुने संसद् सचिवालयका प्रवत्ता भरतराज गौतमले जानकारी दिए ।