१२ असार २०८१, बुधबार

नेकपा एमालेको महाधिवेशनमा १५३६ प्रतिनिधि सहभागी हुने


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १०औँ महाधिवेशनमा १५३६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बसेको बैठक ७ लाख २१ हजार सदस्यबाट १५३६ जना प्रतिनिधि चयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार भूगोलबाट प्रतिनिधित्व ११९६ प्रतिनिधि चयन गरिनेछ भने बाँकी गैर भूगोलबाट ३४० जना गरी कुल १५३६ प्रतिनिधि छानिने ज्ञवालीले जानकारी दिए । जस अनुसार हरेक निर्वाचन क्षेत्रबाट १५०० सदस्य बराबर १ जना महिला र २ जना खुला गरी ३ जना प्रतिनिधि चयन हुनेछन् ।

ज्ञवालीका अनुसार पदेन महाधिवेशन प्रतिनिधि २६२ हुनेछन् भने ५ प्रतिशत मनोनयन गरिनेछ । उनकाअ नुसार ५१ प्रतिशत समावेशी र ४९ प्रतिशत खुला प्रतिनिधि हुनेछन् । जसमा हरेक जिल्लाबाट १/१ जना दलित प्रतिनिधि चयन गरिनेछ भने विधानतः महिलाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !