११ आश्विन २०८१, शुक्रबार

खड्काको निधनको शोकमा पाँच दिन पार्टी औपचारिक कार्यक्रम नगर्ने कांग्रेसको निर्णय


Nepali-congress-Centre-office-Sanepa

१८ चैत, काठमाण्डौ । नेपाली कांग्रेसले पूर्वमन्त्री खुमबहादुर खड्काको निधनको शोकमा पाँच दिन पार्टी औपचारिक कार्यक्रम नगर्ने भएको छ ।

बैठकले खड्काप्रति उच्च सम्मान प्रकट गर्दै ५ दिन अर्थात २२ गतेसम्म कार्यालय बन्द गर्ने र औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

७ दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने कांग्रेसले बताएको छ । १३ औं दिनमा केन्द्र र सबै जिल्लामा शोकसभा आयोजना गरिनेछ ।

यो पनि पढ्नुहोस्:
कांग्रेस नेता खुमबहादुर खडकाको निधन

खड्काको पार्थिव शरीर १ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालयमा राखिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !