२२ भाद्र २०८१, शनिबार

द्धन्द्धलाई र कसैको स्वार्थलाई बढावा दिने काम गर्दैनौँ : चन्द्र भण्डारी


chandra-bhandari

१८ चैत, काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले नेपाली कांग्रेसको नेतृत्व विवेकशील र न्यायिक हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले कांग्रेसको अहिलेको नेतृत्वले पार्टीलाई बलियो बनाउन नसक्ने हो भने विदा लिनुपर्ने बताए ।

अर्ली महाधिवेशन गरेर प्रक्रियाअनुसार पार्टी नेतृत्व परिवर्तन गर्न सकिने भण्डारीले बताए । नेतृत्वले सहज रुपमा नेतृत्व परिवर्तनको मागलाई पूरा गर्न नसके महाअभियोग लगाउन पनि सकिने भण्डारीले बताए ।

“प्रजातान्त्रिक परिपाटीअनुसार पार्टी सभापतिले चाहेनन् भने कि महाअभियोग लगाउनुपर्यो कि पद रिक्त हुनुपर्यो । होइन भने त कसैको केही लाग्दैन ।” भण्डारीले भने ।

नेता भण्डारीले केन्द्रिय समिति बैठक चलिरहेको उल्लेख गर्दै नेतृत्वको आलोचना मात्रै गर्ने नभै कमी कमजोरी कसरी सुधार गर्ने भन्नेतर्फ पनि केन्द्रित हुनुपर्ने बताए ।

काग्रेसलाई पाँच वर्षभित्रमा कहाँ पुर्याउने भन्ने योजनासहित युवा नेताहरु केन्द्रिय समिति बैठकमा प्रस्तुत हुने भण्डारीले बताए ।

“लिखित कार्ययोजनासहितको प्रस्ताव, कसैलाई अपमानित नगरी आन्तरिक द्धन्द्धलाई कमजोर बनाउँदै पार्टीलाई बलियो बनाउनेतर्फ हामी अगाडि बढ्छौँ । द्धन्द्धलाई र कसैको स्वार्थलाई बढावा दिने काम गर्दैनौँ ।” भण्डारीले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !