![वाग्मती प्रदेशसभा](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/bagmati-pradeshsabha.jpg?fit=1289%2C680&ssl=1)
मकवानपुर । बागमती प्रदेशसभाको बैठक अपराह्न ३ वजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आजको बैठक विशेष कारण जनाउँदै सारिएको सचिवालयले जनाएको छ ।
नेकपा (एमाले)ले पार्टीको स्थानीय अधिवेशन भएको कारण प्रदेशसभा बैठक यही कात्तिक ११ गतेसम्मको लागि सारिदिन लिखित प्रस्ताव गरेको जनाइएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने बैठकको कार्यसूचीे छ ।
सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।