३ आश्विन २०८१, बिहीबार

मन्त्री खतिवडाले भने, ‘अनौपचारीक अर्थतन्त्र मौलाएको कारणले राजश्वको दायरा संकुचित’


yuvraj

१६ चैत, काठमाण्डौ । सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र ल्याएको छ । अर्थ मन्त्रालयले पूर्ण विवरण सार्वजनिक गर्नुअघि अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रको बारेमा संसदलाई जानकारी गराएका छन् ।

बजेट अनुशासन उल्लंघन हुँदा सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा रहेको उनले बताए । उत्पादनमुखी भन्दा वितरणमुखी कार्यक्रम र योजनातर्जुमा होडबाजी देखिएको खतिवडाको भनाई छ ।

खतिवडाले मूलुकमा तिनै तहको निर्वाचन पश्चात देश विकास र सुशासनको कार्य प्रारम्भ भईसकेको र मुलुकमा राजनैनिक स्थिरता र आर्थिक समृद्धिको जनचाहनाहरु बढ्दै गएको बताए ।

उनका अनुसार वर्तमान सरकारको गठनसँगै राजनैतिक स्थायित्व र आर्थिक समृद्धिको चरणमा मुलुक पुगिसकेको छ । समृद्ध नेपाल सुखी नेपाली बनाउने उद्धेश्यले गठन भएको सरकारले अहिले सम्म मुलुकको आर्थिक स्थीति कस्तो रहेको थियो भनेर पनि उनले जानकारी गराए ।

खतिवडाका अनुसार सरकार गठन हुदाँको नेपालको वर्तमान स्थीति धेरै चुनैतीपुर्ण रहनुका साथै समस्टीगत आर्थिक परिसुचकहरु नकारात्मक रहेको छ ।

“सहज व्यापार व्यवसायीक वातावरणको अभावमा अर्थिक कृयाकलापहरु विस्तार हुन सकेका छैनन् । श्रोतको अनिश्तिाहरु बिच तयार पारिएको बजेट कार्यन्यवन गर्न र गैर बजेटरी खर्च नियन्त्रण गर्ने कार्य चुनैतीपुर्ण बनेको छ र आयतमा आधारीत राजश्व र विप्रेषणमा आधारीत उपभोक्ता को चक्रमा अर्थतन्त्र रोमलिएको छ ।” खतिवडाले भने ।

अनौपचारीक अर्थतन्त्र मौलाएको कारणले राजश्वको दायरा संकुचित हुनुका साथै प्रतिबद्धता प्राप्त भएको वैदेशिक सहयता समेत पुर्ण उपलब्ध नभएको र उपलब्ध साहयताको पनि परिचालन नभएको अर्थ मन्त्री खतिवडाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !