१८ असार २०८१, मंगलबार

प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा


केपी शर्मा ओली

१६ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति तय भएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओली चैत २३ गते भारत भ्रमणमा जाने मिति तय भएको जानकारी दिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली तीनदिने भारत भ्रमणमा जान लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ओली २५ गते स्वदेश फर्किने कार्यक्रम सार्वजनिक गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !