१२ असार २०८१, बुधबार

कांग्रेसमा सुधार ल्याउनका लागि महाधिवेशन नै आवश्यक : पौडेल


pradip poudel

१६ चैत, काठमाण्डौ । नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले सभापति शेरबहादुर देउवालाई गाली गरेर मात्र समस्याको समाधान नहुने बताएका छन् ।

केन्द्रिय समितिमा कांग्रेसले चुनाव हानुको कारण सभापति देउवाको कमजोरी हो भन्ने आरोप र उनको बचाउन गर्ने दुवै पक्षले आफ्ना विचार राख्ने क्रम जारी छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले समग्र कांग्रेसको सिद्धान्त, नेतृत्व र विधानको समिक्षा गरेर अगाडि बढ्नुपर्ने बताए ।

कमजोरी सुधार गर्दै कांग्रसको उचाई बढाउनका लागि नेतृत्व तयार हुनुपर्ने उनको भनाई छ । सभापति देउवाले पार्टीलाई बलियो बनाउनका लागि नयाँ योजना ल्याउन सक्नुपर्ने पौडेलेको भनाई छ ।

केन्द्रिय समितिबाट नेतृत्व परिवर्तन हुन नसक्ने भन्दै उनले विधि र प्रक्रिया अनुसार सक्षम नेतृत्वको खोजी गर्नुपर्ने बताए ।

“यो ढंगले चलाएर पार्टी सुदृढ हुन सक्दैन । त्यसैले पार्टीको समग्र पक्षमा सुधार हुनुपर्छ । नेतृत्वको अहिलेकै कार्यशैलीले सुधार हुँदैन । नेतृत्व रुपान्तरण हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।” पौडेलले भने ।

केन्द्रिय समिति बैठकमा सदस्यहरुले व्यक्त गरेका विचारलाई सभापतिले मनन गरेर अगाडि बढ्नुपर्ने पौडेलको भनाई छ । कांग्रेसमा सुधार ल्याउनका लागि महाधिवेशन नै आवश्यक भएकाले त्यसतर्फ नेतृत्वले ध्यान दिनुपर्ने पौडेलेको तर्क छ ।

युवा नेताहरुले लिखित प्रस्ताव पेश गर्ने तयारी भइरहेको पौडेलले बताएका छन् । साझा विषय बनाएर लिखित रुपमा सभापतिलाई पार्टी सुधारको योजना पेश गर्ने उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !