१२ असार २०८१, बुधबार

रोमी गौचन थकाली मुस्ताङ कांग्रेस जिल्ला सभापतिमा निर्वाचित


रोमी गौचन थकाली

काठमाडौं । मुस्ताङ नेपाली कांग्रेस जिल्ला सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । आज शनिबार भएको जिल्ला अधिवेशनले गौचनलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो ।

कांग्रेसको १४ औं जारी महाधिवेशन प्रक्रियामा उनी जिल्ला सभापति निर्वाचित हुने पहिलो कांग्रेस नेता हुन् । पूर्व वाणिज्यमन्त्री समेत रहेका थकाली वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग नजिक छन् । अध्यक्ष थकालीले आगामी काँग्रेसको केन्द्रीय अधिवेशनमा कुनै न कुनै पदमा उम्मेदवारी दिने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !