२६ पुस २०८१, शुक्रबार

अध्यक्ष ओली कार्यकर्ताहरुको स्कर्टिङबाट महाधिवेशन स्थल जाने


एमालेकाे प्रथम विधान महाधिवेशन

काठमाडौँ । मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका बेला देशभरका प्रतिनिमूलक कार्यकर्ता बोलाएर प्रमुख प्रतिपक्षी दल एमालेले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो ।

विधान महाधिवेशनको उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओली कार्यकर्ताहरुको स्कर्टिङबाट महाधिवेशन स्थल गोदावरी जाने भएका छन् । अध्यक्ष ओलीलाई ललितपुरको सातदोबाटो चोकबाट स्कर्टिङ गर्दै गोदावरी पुर्‍याइने एक जानकारी दिए ।

स्रोतका अनुसार ओलीसहित पार्टीका शीर्ष नेताहरुले उदघाटन सत्रलाई सम्बोधन गर्नेछन् । उदघाटन समारोह सकिएपछि १६ गते हुने बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् । ती प्रतिवेदनहरुमाथि समूहगत छलफल र समूह नेताबाट निष्कर्ष सुनाउने क्रम सुरु हुने छ । त्यसपछि सुझावलाई समेटेर प्रतिवेदनलाई पारित गरिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !