१२ आश्विन २०८१, शनिबार

अख्तियारले छापा मरेपछि पत्रकार सम्मेलन गर्दै प्रदेश २ का मुख्यमन्त्री राउत


लालबाबु राउत

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेर फाइल लगेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलन गर्न लागेका छन् ।

आफूले शुरुवात गरेको सबैभन्दा लोकप्रिय कार्यक्रमलाई असफल पार्न षड्यन्त्र भएको भन्दै राउतले अख्तियार टोलीले फाइल लगेतापनि आफ्नो अभियानलाई कुनै फरक नपर्ने उनले प्रतिक्रिया दिएका छन् ।

उनले आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा आफ्नो भनाई विस्तृत रूपमा राख्ने बताएका छन् । मुख्यमन्त्रीको कार्यालयमा अख्तियारले छापा मारेर साइकल खरिद सम्बन्धी कागजात जफत गरेको छ ।

बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजात लिएको स्रोतले बताएको छ । प्रदेश–२ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि ११ करोड १७ हजार मूल्यको साइकल किनेको थियो ।

साइकल खरिदमा कम्पनी नखुलाई किनेर भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !