१६ असार २०८१, आइतबार

सभामुखविरुद्धको मुद्दा आज सुनुवाइ हुँदै


अग्नि सापकोटा

काठमाडौं । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोप लागेका सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।

यसअघि १६ भदौमा पेशीमा चढेको यो मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् ।

लामा १६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !