२२ बैशाख २०८१, शनिबार

लोकतान्त्रिक मधेसी मोर्चा र जनजाति आन्दोलनमा विदेशी


bidesi

विदेशीले उक्साएपछि आन्दोलनमा लागेको आरोप लागिरहेको बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र जनजाति अभियानसम्बद्ध केही दलको गठबन्धनले आयोजना गरेको ‘सिंहदरबार घेराउ’ कार्यक्रममा विदेशी पनि देखिए । ‘लिम्बुवान’ लेखिएको रातो कपडा टाउकोमा बाँधेर विदेशी युवायुवती सिंहदरबार घेराउ गर्न पुगे ।

हजारौं सुरक्षाकर्मीको उपस्थितिबीच उनीहरु मधेसी मोर्चा र जनजातिसम्बद्ध दलका कार्यकर्तासँगै नाराबाजीमा मात्रै उत्रिएनन्, धर्ना बस्नसमेत भ्याए । आन्दोलनकारीले आइतबार दिनभर सिंहदरबार घेराऊ गर्दा यातायात व्यवस्था अस्तव्यस्त भएको थियो ।

सहभागीताबारे आन्दोलनरत दलहरु भने मौन छन् । धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै गठबन्धनका नेता अशोक राई, गोपाल दहित, मगरातका नवीन रोक्का, नेवा देय् दबूःका अध्यक्ष नरेश ताम्राकारलगायतले माग पूरा नभएसम्म काठमाडौँ केन्द्रित आन्दोलन जारी रहने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !