६ जेष्ठ २०८१, आइतबार

राष्ट्रियसभाको बैठक एक साता स्थगित, दुई महत्वपूर्ण विधेयक पारित


राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित भएको छ । आज सोमबार बिहान बसेको बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ पारित गरेसँगै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक यही असोज १७ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु उठेर अवरोध जारी राखेका थिए । एमालेको अवरोधबीच अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक अघि वढाएका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले उक्त विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । आज सोमबार राष्ट्रियसभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !