७ जेष्ठ २०८१, सोमबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


माओवादी संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेको छ । बैठकमा सरकारका काम र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एक नेताले जानकारी दिए ।

बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे छलफल हुने एक नेताले बताए । आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली छिटो दिन नेताहरुलाई आग्रह पनि गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !