१४ बैशाख २०८१, शुक्रबार

पदभार ग्रहण गर्दै मन्त्री खड्काले भने, ‘भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाउँछु’


डा. नारायण खड्का फाइल फोटो

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध सन्तुलित हुने दावी गरेका छन् । बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खड्काले परराष्ट्र नीति कुनै दल विशेषको नहुने उल्लेख गर्दै उनले राष्ट्रिय सहमतिका साथ अघि बढने बताए ।

भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सुमधुर, घनिष्ठ, मैत्रीपूर्ण र सन्तुलित हुने उनले बताए । “हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलन कायम गर्दै राष्ट्रिय हितलाई अगाडि बढाउनका लागि राष्ट्रिय सहमतिलाई समेत ध्यानमा राखेर अहिलेको जल्दाबल्दा समस्याका साथै भावी दिनमा आउन सक्ने समस्याबारे पनि मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ”, मन्त्री खड्काले भने।

राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउने काममा आफू केन्द्रित भएर लाग्ने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !