१५ असार २०८१, शनिबार

आज प्रतिनिधिसभाको बैठक बस्दै


Sansd-bhabn

१२ चैत, काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठकमा तीन अध्यादेश पेश गर्ने तयारी छ । सोमबार बस्ने बैठकले अघिल्लो सरकारले ल्याएको तीन अध्यादेश पेश गर्ने तयारी गरिएको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र वेपत्ता व्यक्तिको छानबिन एवम् सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश सोमबार पेश हुन लागेका हुन् ।

यी तीन अध्यादेश सम्भवत सोमबारको संसद बैठकमा पेश हुने र छलफल हुनसक्ने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए ।

त्यस्तै अघिल्लो सरकारले ल्याएका अध्यादेश ६० दिनभित्र संसदबाट अनुमोदन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । अन्यथा अध्यादेश स्वतः निष्कृय हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !