३ आश्विन २०८१, बिहीबार

एमाले माओवादी एकता मिति अन्यौल : आज पनि छलफल हुँदै


CPN UML and Maoist

१२ चैत, काठमाण्डौ । एमाले र माओवादी केन्द्रवीच पार्टी एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले आगामी बुधबार मस्यौदालाई अन्तिम रुप दिनका लागि आज पनि छलफल हुँदैछ ।

प्रधानन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि नै एकता गर्ने तयारी भने मतिका विषयमा अझै अन्यौल छ । एकता हुने कुरा निश्चित भइसकेको छैन ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदलको बैठकमा मस्यौदामाथि गहन र विस्तृतरुपमा छलफल भएको कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए । उनले एकतालाई भारत भ्रमणसँग जाडेर छलफल नभएको बताए ।

उनले भने,‘मस्यौदामाथि दुवै पक्षले आआफ्ना सुझाव राख्ने र छलफल गर्ने काम पूरा भएको छ, सबै सुझाव समेटेर कार्य दलले १४ गते बस्ने बैठकमा प्रतिवेदनलाई अन्तिमरुप दिनेछ तर एकता २२ गते नै भन्ने यकिन भएको छैन ।’

एमाले का नेता माधवकुमार नेपाल संयोजक रहेको उक्त कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, रघु पन्त र सुवास नेम्वाङ तथा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल छन् । कार्यदलले तयार गरेको प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाउनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !