
दाङ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई दु:खमा साथ दिएर दाहिने हात भएका सांसद मेटमणि चाैधरीले पार्टीमा ठुलो जिम्मेवारी पाएका छन् ।
चौधरी नेकपा (एस) को लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका चयन भएका हुन् । पार्टीको पहिलो प्रदेश कमिटीको बैठकले चौधरीलाई अध्यक्षमा चयन गरेको हो । आज अध्यक्षमा चयन भइसकेपछि प्रतिक्रिया दिँदै चौधरीले निर्वाचनबाट नेकपा (एस) लाई ठुलो दल बनाउने दावी समेत गरे ।
उनले आवश्यकता अनुसार अन्य दलसँग मिलेर निर्वाचनमा जाने बताउदै अर्को पटकको निर्वाचनमा आफुहरु ठूलो दलको रुपमा अगाडि आउने दाबी गरेका हुन् । नेकपा (एस) दल दर्ता गर्दा माधव नेपालको सारथीको रुपमा देखिएका चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बिपक्षमा खरो आलोचना गरेर चर्चाको राजनीतिमा छन् ।