बुटवल । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी विभाजनका कारण एमाले घाइते भएको बताएका छन् । नेता भुसालले पार्टी विभाजन भएर पछारिएर घाइते भए पनि एमाले अहिले पनि सबैभन्दा ठूलो राष्ट्रिय शक्ति भएको बताए ।
रुपन्देहीमा कार्यकर्ता भेलामा बोल्दै आफुहरु पछारिएर घाइते भएको र आन्दोलनका हिसाबले अप्ठेरोमा परेको बताए। उनले भने, “तल खसेका छौं तर अहिले पनि ठूलो शक्ति छौं ।”
चुनावमा जसरी पनि जित हासिल गर्ने उद्देश्य राख्ने परिपाटी मुख्य समस्या रहेको भन्दै भुसालले यही कारण दलाल पूँजीवाद हाबी हुँदै गएको टिप्पणी गरे ।












