१२ पुस २०८१, शुक्रबार

कालाबजारीया सिंहदरबारभित्र संरक्षित – विद्यार्थी नेताहरु


khabardari-Julush khabardari-Julush

१९ चैत, काठमाडौं । कालोवजारी, महंगी र भ्रष्टाचारविरुद्ध विद्यार्थी संगठनहरुले राजधानीमा संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन् । विरोधसभालाई सम्बोधन गर्ने विद्यार्थी नेताहरुले भ्रष्टाचारीलाई घुँडा टेकाएरै छाड्ने भन्दै नेपालको आन्तरिक मामिलामा भारत र युरोपियन युनियनले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका थिए ।

नेबिसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैटौं, अखिल पाँचौं लगायतका विद्यार्थीहरुले भृकुटीमण्डपबाट निकालेको जुलुस पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

विरोध सभालाई सम्बोधन गर्दै अनेरास्ववियुकी अध्यक्ष नविना लामाले कालोबजारी अन्त्य नहुँदासम्म संयुक्त आन्दोलन जारी रहने बताइन् ।

एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङले कालोबजारी र भ्रष्टाचारका मतियारहरु सिंहदरवार भित्रै संरक्षित रहेको भन्दै उनीहरु अब धेरै दिन टिक्न नसक्ने बताए ।

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले सिंहदरबारमा लुकेर वसेका कालोबजारीयाहरुको मुकुण्डो नउतारिँदासम्म आन्दोलन जारी रहने बताए ।

नेविसंघका प्रवक्ता युपी लामिछानेले कालाबजारीलाई घुँडा टेकाएरै छाड्ने दृढता व्यक्त गरे । उनले सार्बभौमसत्ता सम्पन्न देशको संविधानविरुद्ध बोल्ने अधिकार कसैलाई नभएको बताए ।

कार्यक्रममा वैद्य माओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष विरेन्द्र वस्नेत, अखिल छैठौंका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्रलयायतले कालोबजारीलाई सरकारले नै संरक्षण गरेको भन्दै त्यसको भण्डाफोर गर्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !