२ जेष्ठ २०८१, बुधबार

सत्ता गठबन्धनले एमाले फुटाउने अपराधिक कार्य गर्यो : केपी ओली


एमाले संसदीय दल

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले नेकपा एमाले फुटाउने अपराधिक कार्य गरेको आरोप लागेका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा भएको प्रमुख प्रतिपक्ष दल एमालेको संसदीय दलको बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

उनले सत्तारुढ गठबन्धन आफ्नो स्वार्थका लागि मात्रै काम गरिरहेको भन्दै जे गर्न पनि तयार हुने र दृष्टिकोणविहीन मानिसहरु भएको गठबन्धनबाट लोकतन्त्रको रक्षा हुन नसक्ने बताए । उनले लोकतन्त्रलाई समाप्त पार्न सरकार नै लागि परेकाले सजग रहनुपर्ने बताएका छन् ।

ओलीले भने, ‘देश नै गम्भीर अवस्थामा छ । अनेक हिसाबले यो सरकारले लोकतन्त्रलाई हुर्मत लिन र समाप्त पार्न खोजेको छ । कथित गठबन्धनमा लोकतन्त्र मास्न लागेकाहरू छन् ।’

संघीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आज बुधबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् । स्रोतका अनुसार बैठक आजबाट सुरु हुने संसद बैठक अवरुद्ध गर्ने तयारी छ।

एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईका अनुसार संसद भवनको जारी बैठकमा आजबाट सुरु हुने संसद बैठकमा एमाले सांसदहरुको भूमिकाबारे छलफल भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !