६ जेष्ठ २०८१, आइतबार

संसदको बैठक आज बस्दै, ३२ बुँदे कार्यसूचीमा दर्जन भन्दा बढी अध्यादेश पेश हुने


संसद

काठमाडौं । संघीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आज बुधबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्न लागेको प्रतिनिधिसभा बैठकमा संसद सचिवालयले सार्वजनिक गरेको ३२ बुँदे सम्भावित कार्यसूचीमा दर्जन भन्दा बढी अध्यादेश प्रस्तुत हुने भएका छन् ।

संघीय संसदले सार्वजनिक गरेको पहिलो कार्यसूची अनुसार आज बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । दोस्रो कार्यसूची अनुसार आज बस्ने बैठकमा सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने छन् ।

तेस्रो कार्यसूची अनुसार आज बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश-२०७८ सदनमा पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेश लगायत कार्यसूची हुनेछन् ।

आजको बैठकमा दर्जन भन्दा बढी अध्यादेश अध्यादेशहरु स्वीकृतिका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा रहेको छ । संघीय संसद् सचिवालयले दुवै सदनको अधिवेशनका लागि संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइसकिएको जानकारी दिएको छ ।

यसपटक संसद्‍मा माधव नेपाल र महन्थ ठाकुरको दुई दल थपिने तथा सत्तापक्ष र प्रतिपक्षको गणित पनि फेरिएको परिस्थितिमा संघीय संसद् सचिवालयले नयाँ दलसहितलाई समेटेर सिटको व्यवस्थापन मिलाइसकिएको जानकारी गराएको हो । सबै दलका नेताहरू अगाडि रहनेगरी र अन्य सदस्यहरू क्रमशः पछाडि रहनेगरी दूरी कायम गरेर सिटको व्यवस्थापना मिलाइएको सचिवालले जनाएको छ ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अधिवेशनको पहिलो बैठकलाई नै विरोध जनाउने तयारी गरेको छ । तर प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने संकेत दिएपछि आज बस्न लागेको बैठकमा अन्योल उत्पन्न हुने देखिएको छ ।

एमाले नेताहरूले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका र कार्यशैलीलाई लिएर विभिन्न टिप्पणी गर्दै आएका छन् । एमालेले अघिल्लो अधिवेशन षड्यन्त्रमूलक ढंगले अन्त्य गरेको र अहिले पनि षड्यन्त्रमूलक तरिकाले नै बोलाइएको, सभामुख तटस्थ नभएको जस्ता विषय उठाएर बैठकमा अवरोध गर्ने संकेत गरेको छ।

यो अधिवेशन बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्ने, उपसभामुखको निर्वाचन एवं एमसिसीलाई लक्षित गरेर अधिवेशन बोलाइएको हो। गत साउन ३२ गते सदनको नवौँ अधिवेशनको अन्त्य भएको थियो ।

यस्तो छ सम्भावित कार्यसूची

सम्भावित कार्यसूची सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !