११ बैशाख २०८१, मंगलबार

महेश बस्नेतलाई देउवाको चुनौती : दुर्लभ थापालाई हराएर देखाउनुस्


शेरबहादुर देउवा भक्तपुरमा

भक्तपुर । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री एवं भक्तपुरका नेकपा एमालेका सांसद महेश बस्नेतलाई दुर्लभ थापालाई हराएर देखाउन चुनौती दिएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-५ को वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले २०७४ सालमा भएको निर्वाचनमा बस्नेत निर्वाचित भएको क्षेत्रमा आयोजित वडा अधिवेशनबाट देउवाले पहिले दुर्लभ थापालाई हराएर देखाउन चुनौती दिएका हुन् ।

केही समयअघि एमाले सांसद बस्नेतले भक्तपुरमा देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेको बताएका थिए । उनले सांसद बस्नेतले यसअघि दिएको अभिव्यक्तिको जवाफ फर्काएका हुन् । भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको बताउदै बस्नेतलाई चुनौती दिएका हुन् ।

कोरोना महामारीका बाबजुद पनि पार्टी महाधिवेशन गर्नुपरेको बताए । यस्तै पार्टीलाई बलियो बनाएर आउँदो चुनावमा बहुमत ल्याउनुपर्ने पनि देउवाको भनाइ थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !