७ असार २०८१, शुक्रबार

मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा बैठक जारी


काठमाडौं । सत्ता गठबन्धनका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न आज बिहानदेखि नै बैठक जारी छ।

स्रोतका अनुसार जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको झन्डै २ महिनापछि देउवा नेकपा एकीकृत समाजवादी र जसपालाई समेत सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तारको तयारीमा छन् ।

प्रधानमन्त्री देउवाले यसअघि नै कांग्रेसको तर्फबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादीको तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्रीमा नियुक्त गरिसकेका छन् । कांग्रेसको तर्फबाट उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !