७ असार २०८१, शुक्रबार

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, ओलीले नियुक्त गरेका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने


प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई पदमुक्त गरेर नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी देउवा सरकारले गरेको हो ।

बालुवाटार स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादव हटाएर नयाँ प्रदेश प्रमुखहरु नियुक्ति गर्ने प्रवल सम्भावना रहेको छ । यसअघि देउवा सरकारले वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको प्रमुख परिवर्तन गरिसकेको छ ।

त्यस्तै आज बस्ने मन्त्रिपरिषद्को बैठकले थप केही महत्वपूर्ण राजनीतिक नियुक्तिको निर्णय गर्ने पनि बुझिएको छ । केही राजदूतहरुका बारेमा समेत छलफल र निर्णय हुनसक्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !