८ असार २०८१, शनिबार

नेकपा (एकीकृत समाजवादी) का ५४ केन्द्रीय सदस्य र ३० सांसद्ले गरे आयोगमा सनाखत


माधव नेपाल

काठमाडौं । माधव नेपाल नेतृत्व रहेको नेकपा (एकीकृत समाजवादी) का ५४ जना केन्द्रीय सदस्य र ३० सांसद्ले निर्वाचन आयोग पुगेर हस्ताक्षर गरेका छन् ।

आज निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाका ३० सांसद् उपस्थित भएको नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ ।

एमालेका कुल सांसद्को २० प्रतिशत वा केन्द्रीय कमिटीको २० प्रतिशत भएमा पार्टी विभाजन हुन सक्ने राजनीतिक दलसम्बन्धी अध्यादेशमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !