९ मंसिर २०८१, आइतबार

माधव नेपालले गरे चन्दागिरी पुगेर यस्तो घोषणा पत्र र नियमावली पारित (पूर्णपाठसहित)


माधव नेपाल

काठमाडौँ । प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना केन्द्रीय सदस्य र सांसदहरुलाई पार्टीको घोषणा पत्र र अन्तरिम विधान वितरण गरेका छन् ।

सोमबार राति चन्द्रागिरि रिसोर्टमा आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको बैठकका क्रममा अध्ययनका लागि भन्दै त्यहाँ उपस्थित ४६ जना केन्द्रीय सदस्यहरुलाई पार्टीको अन्तरिम विधान र घोषणापत्र वितरण गरिएको हो ।

नेता नेपालले वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा परिचय गराएका छन् ।

‘नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको बन्न पुगेको छ’, घोषणापत्रमा भनिएको छ, ‘यतिबेलाको नेपाली समाजमा विद्यमान शोषणको मूल रूप पुँजीवादी हो र त्यो दलाल नोकरशाही चरित्रको छ।’

प्रस्तावित पार्टीका अध्यक्ष नेपालले आफूहरुको उद्धेश्य वैज्ञानिक समाजवाद रहेको पनि बताएका छन् । ‘सामाजिक–आर्थिक–सांस्कृतिक रुपान्तरणमार्फत नेपालको संविधानमा उल्लिखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुनेछ’, घोषणापत्रमा भनिएको छ,, ‘नेपाल कम्युनिस्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्नेछ।’

नेपालले नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्त पनि तय गरेका छन्। ‘यस पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद(लेनिनवाद हो। मार्क्सवाद–लेनिनवाद, क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्व दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो’, घोषणापत्रमा भनिएको छ।

नेपालले बैठकमा ६ पेज लामो घोषणा पत्रसँगै ४३ पेज लामो अन्तरिम विधान पनि बैठकमा छलफलका लागि पेश गरेका छन्।

यस्तो छ हेर्नुहोस् नेकपा (एकीकृत समाजवादी) को घोषणा पत्र

यस्तो छ हेर्नुहोस् नेकपा (एकीकृत समाजवादी) को नियमावली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !