१२ आश्विन २०८१, शनिबार

एमालेलाई ‘थोत्रिएको घर’ भन्दै बाबुरामले गरे यत्तिसम्म अपमान


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेलाई ‘थोत्रिएको घर’ भन्दै अपमान गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा हिजो राती लेख्दै भट्टराईले नेकपा (एमाले) मा विद्रोह गरी नयाँ पार्टी बनाएकोमा माधव नेपाललाई बधाइ दिएका हुन् । उनले मार्फत ‘ढिलै भए पनि थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाएको’ भन्दै माधव नेपालसहितका नेतालाई बधाइ दिएका हुन् ।

भट्टराईले पार्टीहरु फुट्नुलाई सामान्यतयाः राम्रो नमानिए पनि पुरानोको ध्वंसविना नयाँ निर्माण नहुने बताएका छन् । उनले अहिलेको टुटफुट नयाॅ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस् भनेर कामना समेत गरेका छन् ।

नेता भट्टराईले लेखेका छन्, ‘ढिलै भए पनि आफैंले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयाँ’ घर बनाउने अभियानमा लाग्नुभएका माधव नेपाल र साथीहरुलाई बधाइ तथा शुभकामना, पार्टीहरू फुट्नु सामान्यतः राम्रो मानिन्न तर पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्न । अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस् !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !