३१ भाद्र २०८१, सोमबार

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि प्रदीप गिरी मुम्बईको अस्पतालमा भर्ना


स्वास्थ्यमा गम्भीर समस्या

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरी स्वास्थ्यमा गम्भीर देखिएपछि भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना भएका छन् । उनीनिकट स्रोतका अनुसार घाँटीको समस्या भएर अस्पताल भर्ना भएका हुन् ।

करीव एक साताअघि स्वास्थ्यमा समस्या देखिएपछि गिरी उपचारका लागि मुम्बई गएका थिए । गिरीको उपचारमा चिकित्सक सुल्तान प्रधान नेतृत्वको टोली संलग्न छ ।

उपसभापति विमलेन्द्र निधि उनको स्वास्थ्य अवस्था बुझ्न भारततर्फ लागेका छन् । उपचारका लागि मुम्बई जानुअघि गिरी र निधिबीच भेट भएको थियो ।गिरीको स्वास्थ्य समस्याबारे भने जानकारी गराइएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !