१ मंसिर २०८१, शनिबार

एमाले विभाजन भएपछि ओली र नेपालले पहिलो पटक सम्बोधन गर्दै


केपी शर्मा ओली र माधव नेपाल

काठमाडौँ । नेकपा एमाले विभाजन भएपछि अध्यक्ष केपी शर्मा ओली र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव नेपालले आज पहिलो पटक फरक पार्टीका नेताको हैसियतमा सार्वजानिक रुपमा सम्बोधन गर्दैछन् ।

ओली र नेपालले अध्यक्षका हैसियतमा छुट्टा-छुट्टै स्थान र कार्यक्रममा सम्बोधन गर्न लागेका हुन् । ओलीले आज नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको आयोजनामा भक्तपुरको चुनदेवीमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दैछन् ।

यस्तै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले काठमाडौंमा हुने एक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दैछन् । समाजवादी केन्द्र, नेपालको आयोजना गर्न लागेको अन्तर्क्रिया कार्यक्रममा तीन पूर्व कम्युनिष्ट प्रधानमन्त्रीहरुले आज सम्बोधन गर्ने भएका छन् ।

समाजवादी केन्द्र, नेपालको आयोजना गर्न लागेको ‘एक्काइसौ शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक उक्त अन्तर्क्रिया कार्यक्रममा तीन पूर्व कम्युनिष्ट प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईले आफ्नो धारणा राख्न लागेका हुन् ।

आज मध्यान्ह ११:३० बजेदेखि दिउसो २:३० बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा उक्त अन्तर्क्रिया कार्यक्रम हुदैछ ।

यो पनि पढ्नुहोस्

तीन पूर्व कम्युनिष्ट प्रधानमन्त्रीले आज एउटै मञ्चवाट सम्बोधन गर्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !