१५ असार २०८१, शनिबार

प्रधानमन्त्री र जसपाका महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवालाई भेट्न जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायत बालुवाटार पुगेका थिए । भेटमा ठाकुर पक्षका नेताहरुले दल विभाजनसम्बन्धी अध्यादेशबारे चासो राखेको थिए ।

स्रोतका अनुसार ठाकुर पक्षका नेताहरुले नागरिकता विधेयक नल्याई प्रतिनिधिसभा अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि जनाएका छन् । ‘नागरिकता अध्यादेशलाई प्रतिस्थापन गर्ने विधयेक ल्याउने कुरा भएको थियो । तर अधिवेशन अन्त्य भयो,’ एक नेताले भने, ‘यसबारे हामीले प्रधानमन्त्रीको ध्यानाकषर्ण गराएका छौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !