६ जेष्ठ २०८१, आइतबार

नयाँ शक्ति पार्टीको संयुक्त प्रशिक्षण बैठक लहानमा शुरु


Naya-Shakti-Party-Nepal.jpg

५ चैत, लाहान । नयाँ शक्ति पार्टी नेपालको प्रदेश नम्बर १ र २ को बैठक आजदेखि सिरहाको लहानस्थित गोपाल सेवा समितिको सभाहलमा शुरु भएको छ ।

दुई दिनसम्म चल्ने प्रशिक्षण तथा प्रादेशिक बैठकलाई पार्टी संयोजक डा. तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित नेता हिसिला यमी, प्रवक्ता डम्बर खतिवडा, परशुराम खापुङलगायतका नेताले प्रशिक्षण दिने कार्यक्रम रहेको सो पार्टीका नेता रामरिझन यादवले बताए ।

कार्यक्रममा पार्टीले अघि सारेको नीति र कार्यक्रमको सन्दर्भमा व्यापक छलफल गरी बैठकवाट स्थानीयस्तरसम्म पार्टीको भूमिका प्रभाबकारी बनाउने भन्ने बारेमा ठोस निर्णय लिइने नयाँ शक्ति पार्टीका नेता राजेश रामले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !